खोजि गर्नुहोस..

केपी ओली बर्दिया आउँदै

नेपाल भुमिहीन सुकुम्बासी संगठनको प्रथम केन्द्रीय महाधिवेशनको तयारी तीव्र पारिएको छ । बर्दियाको गुलरियामा आयोजना हुने संगठनको प्रथम केन्द्रीय महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले चैत्र २४ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ रहेको छ ।


महाधिवेशनको प्रचार प्रसारका लागि नेपाल भुमिहीन सुकुम्बासी संगठन बर्दिया भुमिहीन सुकुम्बासीहरुको घरदैलोमा पुगेको छ । जिल्लामा रहेका भुमिहीन सुकुम्बासीहरुको बाहुल्यता रहेको गाउँ र फाँटाहरुमा निमन्त्रणा कार्ड पठाईएको छ ।

भुमिहीन र सुकुम्बासीहरुको व्याप्त समस्या रहेको बर्दिया जिल्लामा उनीहरुको सवाललाई उठान गर्नका लागि बर्दिया जिल्लामा नै प्रथम महाधिवेशन आयोजना गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुल समितिका संयोजक लक्ष्मणराज ज्ञावलीले बाँसगढि अनलाईनलाई बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *