बढैयाताल ।
बर्दियाको बढैयाताल गाउँपालिकामा आज देखि आँखा उपचार केन्द्रको स्थापना भएको छ । बर्दियाको बढैयाताल गाउँपालिकाको योजनामा नेत्र ज्योती संघ बर्दिया र च्यारेटी हेल्थ फाउण्डेसनको समन्वयमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो ।
आँखा उपचार केन्द्रको उद्घाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष एवं उद्घाटन समारोहका प्रमुख अतिथी लालबहादुर श्रेष्ठले गर्नु भयो । कार्यक्रममा बढैयाताल गाँउपालिका उपाध्यक्ष दिपा कुमारी गौतम, प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपान, गाउँपालिकाका वडाध्यक्षहरु , कार्यापालिकाका सदस्यहरु, आँखा उपचार केन्द्रका चिकित्सक , रेडक्रसकर्मी, जेष्ठनागरीक र पत्रकारहरुको उपस्थीती रहेको थियो ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले आँखाको प्रथामिक उपचारको लागि पालिका देखि बाहिर र टाढा जानु नपर्ने बताउनु भयो । उहाँले आँखाको उपचारको लागि बढैयाताल गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने बताउनु भयो ।