फागुन ८
अनलाईन बाँसगढी, अनोज थारु
बर्दियाको बाँसगढीमा फेरि महोसत्सवको आयोजना गरिने भएको छ । बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा यहिँ फागुन १६ देखि महोत्सव आयोजना गरिने भएको हो । कोरोना भाईरसका कारण स्थगित बर्दिया महोत्सव फेरि आयोजना गर्न लागिएको संघका अध्यक्ष रामसिंह थारुले पाँचौ संस्करण महोत्सवको तयारी सुरु भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार यस पटक आयोजना गरिने महोत्सवको नाम ‘पाँचौ बाँसगढी ओैद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया महोत्सव–२०७८’ हुने भएको छ । महोत्सव फागुन महिनाको १६ गतेदेखि सुरु हुने जानकारी थारुले दिनुभयो । १० दिनसम्म सञ्चालन हुने महोसत्व फागुन २६ गते सम्म चल्ने भएको छ । बर्दियामा रहेका सम्पदाका प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक बाँसगढी उद्योग वाणिज्य संघले जनाएको छ ।
त्यसैगरि महोत्सव आयोजनाको लागि विभिन्न समिति समेत गठन गरिएको अध्यक्ष थारुको भनाई रहेको छ । महोत्सवको प्रचारप्रसार विभागका एक नारायण अधिकारीले प्रचारप्रसार तथा व्यवस्थापन कार्यमा सबै जनाको सहयोगको अपिल गर्नुभएको छ । महोत्सवको तयारी अन्तर्गत लोगो समेत सार्वजनिक भइसकेको छ । महोत्सवमा स्थानीय कला सांस्कृतिक प्रदर्शनी, भेषभुषाको प्रचारप्रसार तथा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको समेत प्रस्तुति रहने छ । ‘पाँचौ पटक महोत्सव सञ्चालनको तयारी सुरु भएको छ । यस पटक विशेष रुपमा मनाउने तयारी गरिएको संघका अध्यक्ष रामसिंह थारुले जानकारी दिनुभयो ।