खोजि गर्नुहोस..

जबरजस्तीकरणीको आरोपमा ठाकुरबाबामा एक पक्राउ

बर्दिया,१८ माघ
एक बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा ठाकुरबाबा नगरपालिका वडा नं ६ का ४१ बर्षिय मनिराम चौधरी पक्राउ परेका छन् । छिमेकी १३ बर्षिया बालिकालाई डरत्रास देखाई बलत्कार गरी गर्भवती बनाएको र बालिकाले बच्चा जन्माएपछि घटना बाहिर आएको हो ।


जबरजस्ती करणी पीडित एक १३ बर्षिय बालिकाले बच्चा (छोरी) जन्माएपछि घटनाको खुलासा भएको हो । २०७८ बैशाख २७ गते बालिकालाई आफ्नो घरमा एक्लै भएको अवस्थामा डर त्रास देखाई घरभित्रै जबरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन् । घटनाको बारेमा कतै भनेमा मारेर फालिदिने पटक पटक धम्कि दिएपछि बालिकाले घरपरिवारमा समेत नभनेको बालिकाले बताईन् ।
पीडित बालिकाले गत आइतबार (माघ १६ गते) स्थानीय नेउलापुर स्वास्थ्य चौकीमा बच्चा (छोरी) लाई जन्म दिएकी छन् । बालिकाको पेट एक्कासी दुखेपछि स्थानीय क्लिनिकमा उपचारका लागि भिडियो एक्सरे गर्ने क्रममा बालिकाको पेटमा गर्भ रहेको पत्ता लागेको र सोही दिन नै बच्चा जन्मिएको पीडित बालिकाका आफन्तले बताएका छन् ।


पीडित बालिकाले बच्चा जन्माएको खबर प्राप्त हुनसाथ पीडक थारुलाई पक्राउ गरेको छ । प्रहरीले थारुलाई जबरजस्ती करणी सम्बन्धी कसुरमा बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयाे । बालिकालाई अहिले सेफ हाउसमा राखिएको छ ।


विभिन्न सामाजिक संघसस्थासंग जोडिएका पीडक थारु ठाकुरबाबा नगरपालिका ६ नेकपा (माओवादी)केन्द्रका वडा सचिव थिए । उनी ठाकुरबाबा बहुउद्देश्यीय सहकारीसंस्था बकुवा सेवा केन्द्रका प्रमुख समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *