खोजि गर्नुहोस..

पाँचौँ बाँसगढी माघ महोत्सव स्थगन

वाईवाई पाँचौँ बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघ महोत्सव २०७८ पुर्ण तयारीका साथ उद्घाटनको अवस्थामा स्थगित गरिएको छ । एक बिज्ञप्ति जारी गर्दै महोत्सव स्थगन गरिएको जानकारी दिइएको छ ।  बाँसगढी उद्योग वाणिज्य संघ बर्दियाको मुख्य आयोजनामा यहि पौष २९ गते देखी माघ ९ गते सम्म सञ्चालन हुने भनिएको बर्दिया माघ महोत्सव कोभिड–१९ ओमिक्रोनका कारण सञ्चालनको मुखमा स्थगित गरिएको छ ।

आयोजक संस्था बाँसगढी उद्योग वाणिज्य संघले मंगलबार एक प्रेस विज्ञेप्ती निकाली अर्को निर्णय नहुदा सम्मका लागि महोत्सव पुर्ण रुपमा स्थगित गरिएको जनाएको छ । बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिङ थारु र महासचिव युगपति पौडेल द्धारा हस्ताक्षेरित विज्ञेप्तीमा विश्वव्यापी रुपमा तेस्रो चरणको कोभिड–१९ ओमिक्रोन भेरियन्ट फैलिएका कारण नेपाल सरकार द्धारा सभा सेमिनार, गोष्ठि, मेला महोत्सव तथा २५ जना भन्दा बढी भेला भई यस्ता कार्यक्रम नगर्न नगराउनु हुनको लागि सुचना प्रभाह भईआएका कारण अर्को निर्णय नहुदा सम्मका लागि मेला स्थगित गरिएको जानकारीका साथै यो प्रेस विज्ञेप्ती जारी गरिन्छ विज्ञेप्तीमा भनिएको छ ।

संस्थाले महोत्सव सञ्चालनका लागि सहयोग गर्नुहुने सम्पुर्ण निकाय तथा महानुभावहरुलाई हार्दिक धन्यवाद दिएको छ भने यसबाट पार्न गएको असुविधानको लागि सम्पुर्ण निकाय प्रति क्षेमा समेत मागेको छ । मेला उद्घाटनको अन्तिम चरणमा स्थगित गर्नु परेकाले भण्डै १५ लाख बराबरको क्षेति व्यहोर्नु परेको बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिङ थारुले जानकारी दिनुभयो । मेलाको सबै तयारी पुरा भई सकेकाले पनि अन्तिम चरणमा स्थगित गर्नु पर्दा ठुलो घाटा संस्थाले वेहोर्नु परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *