खोजि गर्नुहोस..

स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह

काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्नका लागि सरकारसँग आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारलाई यथाशीघ्र स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेको हो ।

आयोगले यसअघि नै दुई चरणमा स्थानीय तहको निर्वाचन तोक्न सरकारसामू मिति प्रस्ताव गरेको थियो । पहिलो चरणको २०७९ वैशाख १४ र दोस्रो चरणमा वैशाख २२ गतेका लागि मिति प्रस्ताव गरिएको थियो ।

सरकार भने तत्काल स्थानीय तह निर्वाचन नगर्ने पक्षमा लागेको छ । संविधानसँग निर्वाचन ऐन बाँझिएको भन्दै स्थानीय तह निर्वाचन पर धकेल्ने रणनीतिमा सरकार र सत्तारुढ दलहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *