खोजि गर्नुहोस..

बर्दिया चौतारीको अध्यक्षमा सापकोटा

प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाको अध्यक्षमा यज्ञप्रसाद सापकोटा सर्वसम्मतले निर्वाचित हुनु भएको छ । जिल्ला शाखा बर्दियाको ८ औँ अधिवेशनले सापकोटाको नेतृत्वमा १३ सदस्यिय कार्यसमिति चयन भएको छ । चौतारी बर्दियाको उपाध्यक्षमा दलबहादुर सुनार र मिना थापा निर्वाचित हुनु भएको छ । त्यसैगरी सचिवमा पुस्कर काफ्ले, कोषाध्यक्षमा सञ्जु चौधरी(सरम), सहसचिवमा प्रेम बुढा र महिमा चौधरी निर्वाचित हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा शिवा शर्मा, सौगात श्रेष्ठ, ऋषी वाग्ले, राजकुमार वि.क., मधुर पौडेल, यसु के.सी. निर्वाचित हुनु भएको छ । नव निर्वाचित अध्यक्ष यज्ञप्रसाद सापकोटाले संगठनलाई पत्रकारको हक हित र प्रेस स्वतन्त्रताका लागि सदैव लागि पर्ने बताउनु भयो । उहाँले भन्नु भयो –‘पत्रकारहरुको व्यवसायीक हक हितको लागि अझै पनि खबरदारी गर्नुपर्ने अवस्था छ ।’ संगठन विस्तार र सुदृढिकरणको लागि तत्काल कार्ययोजना बनाएर अगाडी बढ्ने उहाँको भनाई छ । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अथिती एवं नेकपा(एमाले) बर्दियाका उपाध्यक्ष शालिकराम अधिकारीले प्रेस चौतारीले प्रेस स्वतन्त्रताको आन्दोलनमा सदैव अग्रिण भुमिका खेल्दै आएको बताउनु भयो । विशेष अतिथी प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश सह इन्चार्ज रुद्र सुवेदीले पत्रकारहरुको क्षमता अभिवृद्धि र व्यवसायीक पत्रकारीताको लागि प्रेस चौतारी नेपाल सदैव सहयोग गर्ने बताउनु भयो । प्रेस सेन्टरका अध्यक्ष भिम उचै ठकुरीले प्रेस चौतारी नेपाल बर्दिया शाखा सँग विगत्मा सहकार्य हुँदै आएको र अबका दिनमा सहमति र सहकार्य गर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *