मधुर पौडेल
पौष ११, बाँसगढी
शिद्दार्थ बैंक शाखा कार्यालय बर्दिया बाँसगढीले नगर क्षेत्रका सडकमा विरुवा रोप्न तथा सो को सुरक्षाका लागि बाँसगढी नगरपालिकालाई सहयोग गरेको छ । सुन्दर हरियाली र सफा सहर, समृद्ध र समुन्नत बाँसगढी नगर बनाउने योजनालाई सफल बनाउन बैंकले बाँसगढी नगरलाई आर्थिक सहयोग गरेको हो ।
एक कार्यक्रमका बीच मुख्य सडक क्षेत्रमा विरुवा रोप्न र त्यसका सुरक्षाका लागि राखिएको ट्रि गार्डको लागि बाँसगढी शाखा प्रमुख क्रिष्टल भट्टले बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी र प्रशासकीय अधिकृत धनबहादुर चन्दलाई संयुक्त रुपमा कुल ६४ हजार सात सय ७२ रुपिया पैसा ४० रूपैयाँको चेक हस्तान्तरण गर्नु भएको थियो ।
अहिले बाँसगढी नगरपालिका बजार क्षेत्रमा चार लाइनको सडक निर्माण कार्य तिव्र रुपमा अघि बढिरहेको छ । त्यहाँ स्थानीय सरकारको अगुवाइमा राजमार्ग डिभाइडरमा विरुवा रोपिनुको साथसाथै त्यसको सुरक्षाको लागि ट्रि गार्डको समेत ब्यबस्था गरिएको थियो ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रकम सहयोग गरेको र बैंकको अभिभावकको रुपमा नगरपालिकामा पनि रहेको हुँदा नगरको कार्यहरुमा बैंकको समेत उत्तरदायित्व रहने भएको हुँदा नगरपालिका सहयोग गरिएको बैंकका म्यानेजर भट्टले जानकारी दिनु भयो
‘हामीले बर्सेनि सामाजिक क्षेत्रअन्तर्गत काम सहयोग गर्दै आएका छौँ । यसपटक स्थानीय सरकारलाई सहयोग गरेका छौँ । यो अभियामा जोडिन पाउँदा खुसी छौँ’ उनले भने ।
यता, बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले बैंकलाई सहयोगको लागि धन्यवाद व्यक्त गर्दै आगामि दिनमा समेत सेवा प्रवाहलाइ मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व तर्फ पनि ध्यान दिन आग्रह गर्नु भएको थियो ।