खोजि गर्नुहोस..

स्थानीय शिक्षा नीति निर्माण सम्बन्धी ठाकुरबाबा कार्यशाला शुरु

बर्दियाको ठाकुरद्वारामा स्थानीय शिक्षा नीति निर्माण सम्बन्धी कार्यशाला शुरु भएको छ । प्लान इन्टरनेशन नेपाल, सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपाल बाँकेको साझेदारीमा शिक्षा विकास तथा समन्वय इकाई बर्दिया र जिल्लाका ८ वटा स्थानीय तहको समन्वयमा कार्यशाला शुरु भएको हो ।

कार्यशालामा बोल्दै प्लान इन्टरनेशनल नेपालका शिक्षा विज्ञ बेदप्रसाद डाँगीले बर्दिया जिल्लाका ८ वटै पालिकाहरुमा गुणस्तरीय शिक्षाको निरन्तरताका लागि स्थानीय शिक्षा नीति आवश्यक रहेको बताउनु भयो । उहाँले बालबिकास केन्द्र देखि कक्षा ८ सम्मको शिक्षा स्थानीय तहको जिम्मामा भएको हँुदा गुणस्तरीय शिक्षा उपलब्ध गराउन स्थानीय शिक्षा नीति निर्माण गर्न आवश्यक रहेकोले कार्यशाला आयोजना गरिएको बताउनु भयो ।

शैक्षिक नीतिले व्यक्ति, परिवार, समुदाय र मुलुकको वर्तमान र भविष्यको आवश्यकतालाई समेत सम्बोधन गर्ने भएकाले शिक्षा नीतिले बाल चाहना, जनचाहना एवं संविधानको भावना र मर्मलाई पनि आत्मसाथ गरि अगाडी बढाउन आवश्यक रहेको र सरकारले ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ सबैको लागि अनिवार्य र निःशुल्क गुणस्तरीय शिक्षा जस्ता कुरा रणनीति भित्र राखेकाले स्थानिय तहको शिक्षा नीति निमाण गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले कार्यशालाको सफलताको लागि शुभकामना दिनुका साथै प्लान इन्टरनेशनल नेपाल तथा स्याक नेपाल बाँकेले संचालन गरेका शिक्षा क्षेत्रका गतितिधिहरुले दीर्घकालिन रुपमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि थप टेवा पुर्याएको दावी गर्नुभयो ।

तीन दिनसम्म सञ्चालन हुने कार्यशालामा जिल्लाका आठवटा स्थानीय तहको स्थानीय शिक्षा नीति निर्माण गरिने छ । कार्यशालामा बर्दिया जिल्लाका ८ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुख एवम प्रतिनिधि, सामाजिक विकास समितिका पदाधिकारी र शिक्षा समितिका पदाधिकारीहरु तथा जनप्रतिनिधि गरी ३२ जनाको सहभागीता रहेको छ ।
कार्यशालाको सहजिकरण डा. हरिप्रसाद पोखरेल, जगतबहादर आलेमगर, प्लान इन्टरनेशनल नेपालका सिकाइ परियोजना विज्ञ बेदप्रसाद डागीँले गर्नुहुने परियोजना अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *