१ सय १४ अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण बाँसगढी अनलाईन -प्रकाशित मिति : शनिबार असार ३०, २०८० असार २९ गतेकमैया महिला जागरण समाज नेपालले १ सय १४ अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । बर्दियाको बाँसगढी नगरपालिका ४ र ९ वडाका अतिविपन्न परिवारका १ सय १४ जना बालबालिकालाई संस्थाले शैक्षिक सामाग्री वितरण गरेको हो । ६ देखी १० कक्षामा अध्ययन गर्ने बालबालिकालाई २ हजार ३ सय मुल्य बराबरको शैक्षिक सामाग्रीहरु स्कुल ब्याग, ड्रेस, कपी, कलम, ज्यामेतिबक्स वितरण गरिएको कमैया महिला जागरण समाजका सामाजिक परिचालक खुसीराम थारुले बताउनु भयो । मुक्त कमैया समाजले छनोट गरेका २ वडाका अतिविपन्न परिवारका बालबालिकालाई सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ । सामाग्री वितरण कार्यक्रममा बाँसगढी नगरपालिकाका उपप्रमुख इन्दिरा चौधरीले नगरले शिक्षा क्षेत्रको विकासमा जोड दिएको बताउनु भयो । त्यस्तै वडा नं ४ का वडा अध्यक्ष कृष्णप्रसाद बास्तोलाले शैक्षिक गुणस्तर सुधारका लागि सबैले चासो देखाउनु पर्नेमा जोड दिनु भयो । शिक्षा युवा तथा खेलकुद शाखा बाँसगढीका प्रमुख मन प्रसाद रेग्मीले मुक्त कमैया र अतिविपन्न परिवारलाई आर्थिक समस्या पर्ने भएकोले शिक्षा संगसंगै आर्थिक आयआर्जनमा समेत संस्थालाई सहयोग गर्न सुझाव दिनु भयो । नेरामाबि लक्ष्मणपुरका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भुपाल खड्काले कुनै किसिमको दवावमा नपरी लक्षित बर्गलाई समेटने गरी काम गर्न संस्थालाई सुझाव दिनु भयो । नेरामाबि लक्ष्मणपुरका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीले संथाले बिद्यालयको भौतिक संरचना निर्माण, डेक्सबेन्च मर्मत देखि लिएर बिद्यालयमा बाल क्लव संन्चालन गरी मनिटरिङ्ग गर्ने र बिपन्न परिवारका बालबलिकाहरुलाई समय समयमा बिभिन्न खाले समाग्री बितरण गरेकोमा धन्यवाद ब्यmक्त गर्नु भयो । कमैया महिला जागरण समाज नेपालका कार्यक्रम संयोजक रमेश कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक, बिद्यार्थीहरु लागायतको उपस्थिति रहेको थियो ।