रावन विश्वकर्मा,
बाँसगढीका युवा व्यवसायी सुनिल अधिकारीले बाँसगढी उद्योग वाणिज्य संघको सह– कोषाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । बद्री नाथ बराल नेतृत्वको लोकतान्त्रीक समावेशी स्वतन्त्र व्यवसायीक प्यानलबाट सह–कोषाध्यक्ष पदमा अधिकारीले आफ्नो उम्मेदवारी दिनु भएको हो । आर.के ईन्टरप्राईजेज बाँसगढीका सञ्चालक समेत रहनु भएको सुनिल अधिकारीले बाँसगढीका हर व्यवसायीको आवाज र प्रगतीको लागि सह–कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । 
बाँसगढी बजारको स्थापना कालदेखी नै बाबु रामचन्द्र अधिकारीले सञ्चालन गर्नु भएको आर.के स्टोल विगत १५ बर्ष देखी सुनिल अधिकारीले सञ्चालन गर्दै आउनुभएको छ । अधिकारी परिवारले बाँसगढी क्षेत्रमा आर.के भन्ने छुटै ब्राण्ड समेत स्थापित गर्न सफल भएकोे छ । नराम्रो बिरुद्ध खरो उत्रिने स्वभाव भएका अधिकारी युवाहरुको मनमनमा बस्न सफल व्यवसायी हुन् ।
बाँसगढीका व्यवसायीहरुको खुल्ला नाका, कर साक्षरता लगायत बिबिध समस्याहरु रहेकोले पदको लागि मात्र नभई काम गर्नका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ । अधिकारीले बाँसगढी उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा बाँसगढीका सम्पुर्ण व्यवसायीहरुले आफु सँगै लोकतान्त्रीक समावेशी स्वतन्त्र प्यानललाई अत्याधिक मतले बिजय गराउन समेत अपिल गर्नुभएको छ । सुनिल अधिकारीका बुवा रामचन्द्र अधिकारीले उद्योग वाणिज्य संघ बर्दियाको उपाध्यक्ष हुदै हाल बाँसगढी पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सँगै बाँसगढीको सफल व्यवसायी र समाजसेबीको रुपमा आफ्नो पहिचान बनाउनु भएको छ ।